विद्यालयको रजत जयन्तिमा चित्रकला प्रतियोगिता

-प्रकाश सुवेदी

यही मङ्सिर ९ गते ज्योति एकेडेमी स्कूल, सीतापाइला काठमाडौँको रजत जयन्तिको अवसर पारेर `ज्योति एकेडेमी अन्तर विद्यालय मिथिला लोक चित्रकला प्रतियोगिता २०२३´ सम्पन्न गरिएको छ । विद्यालयका प्राचार्य गोबिन्द पगेनीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि एभरेष्ट बैंकका प्रबन्धक श्याम सुन्दर पाण्डे र अतिथिहरुमा प्याब्सन काठमाडौँका उपाध्यक्ष रीता राई दाहाल, प्याब्सन नागार्जुनका उपाध्यक्ष डि.बि ढकाल र कोषाध्यक्ष हिरालाल खनाल रहनुभएको थियो ।

विद्यालयकी शिक्षिका निर्मला अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा उपत्यकाका १४ विद्यालयका ३६ जना प्रतिय‍‍योगीहरुको सहभागिता रहेको थियो । एस. सि. सुमन र सङ्गी श्रेष्ठ निर्णायकको रूपमा रहेको सो प्रतियोगितामा क्रमश: समृद्धि स्कूलकी छात्रा रूश्मा महर्जन, द एक्शेल पब्लिक स्कूलकी छात्रा प्रकृति शाह, रोजबड स्कूलका छात्र ओजन न्यौपाने र राइजिङ् स्कूलकी छात्रा रुवी न्यौपाने प्रथम, द्वितीय, त्रृतीय र सान्त्वना भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट ४ जनालाई पुरस्कार दिनुका साथै सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यकममा प्रमुख अतिथिले मिथिला कला संस्कृति, परम्परा र त्यसको महत्वका बारेमा चर्चा गर्नुभएको थियो भने प्रमुख निर्णायक यस. सि. सुमनले कलाकारिता क्षेत्रमा आफूले भोगेको अनुभव सुनाउँदै विद्यार्थीहरुलाई प्रोत्साहनका साथसाथै मार्गनिर्देश पनि गर्नुभएको थियो ।