सीडी विजयको स्वरमा शिकारी-२ (गाजल) को भिडिओ सार्वजनिक


प्रसिद्ध सर्जक राजकुमार बगरको शब्दरचना एवं सङ्गीतमा रहेको गीत शिकारी-२ (गाजल) को भिडिओ सार्वजनिक भएको छ l उदयराज पौडेलको सङ्गीत संयोजन र सर्वप्रिय गायक सीडी विजय अधिकारीको स्वरमा रहेको यस गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ राजकुमार बगरले गरेका हुन् l भिडिओ केहीदिन अघि गायक अधिकारीकै अफिसियल युट्युब च्यानल CD Vijaya Adhikari बाट बजारमा आएको हो l

गीतको भिडिओ शिशिर भण्डारीको कथा/परिकल्पना र सन्तोष राजबाहकको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको हो l  जसमा दिनेश पराजुलीको छायाङ्कन र दिन्शन शाहको सम्पादन रहेको छ l भिडिओमा गीतका गायक सीडी विजय, कथाकार शिशिर लगायत निक्स शर्मा, अनिशा, क्रिसला, दिपेन्द्र आदि कलाकारको अभिनय रहेको छ l