मणिराज र तुलसी पराजुलीको सहकार्यमा ‘दुईदिने जिन्दगानीमा’

-तुलसी गिरी ‘भावुक’

मणिराज बस्नेतको शब्दरचना एवं स्वरमा रहेको गीत ‘दुईदिने जिन्दगानीमा’ को भिडिओ बजारमा आएको छ l पूर्वेली लोकलयमा आधारित यस गीतमा प्रसिद्ध गायक/सङ्गीतकार तुलसी पराजुलीको सङ्गीत रहेको छ भने राजु कार्कीले सङ्गीत संयोजन, मिक्सिङ र माष्टरिङ गरेका छन् l

‘दुईदिने जिन्दगानीमा’ को भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन/सम्पादन, मुकेश नेपालीको कोरियोग्राफी र महेश महराको छायाङ्कन रहेको छ l मेनुका बस्नेत निर्मात्री रहेको यो म्युजिक भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l भिडिओमा प्रसिद्ध लेखक/निर्देशक/कलाकार लय सङ्ग्रौला, गायक मणिराज लगायतका कलाकारहरुको अभिनय रहेको छ l