देश छोड्नेहरुको लर्को देखेर पीडा पोख्दै गीतकार डा. नवि

-तुलसी गिरी ‘भावुक’

आफ्नो देशमा भविष्य नदेखेपछि उच्च शिक्षाको बहानामा होस् या त रोजगारीको सिलसिलामा दैनिक लर्को लागेर विदेश गईरहेका लाखौँ नेपालीहरुको कथा बोकेको गीत ‘देश छोड्नेको लर्को’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ World Cover Media नामक युट्युब च्यानलबाट एकदिन अघि बजारमा आएको हो l डा. नवि अधिकारी ‘टाकिन्द्र’ को शव्द, राम धिमालको सङ्गीत/स्वर र मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतमा भोला पौडेलको रेकर्डिङ र मिक्सिङ रहेको छ l

वर्ल्डकभर भिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यो म्युजिक भिडिओ वीरेन्द्र भाट ‘विपिन’ ले निर्देशन, छायाङ्कन र सम्पादन गरेका हुन् l भिडिओमा रमेश सोडारी, मिशेल घिमिरे, भोला पौडेल र नवि अधिकारीको अभिनय रहेको छ l हरेक दिन ठूलो संख्यामा युवा विदेश पलायन भएपछि परिवार र समाजमा उत्पन्न विषम एवं असहज अवस्थाको समेत गीतले यथार्थ कथा-व्यथा बाहिर ल्याएको छ l शब्दको भाव गहिराईमा डुबेर गायक राम धिमालले प्रस्तुत गरेको यो गीतले जो कोहीलाई पनि गम्भीर बनाउने क्षमता राख्दछ l