रेश्मा सुनुवारको स्वरमा ‘पिरतीको झोली’ सार्वजनिक


युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत ‘पिरतीको झोली’ सार्वजनिक गरेकी छिन् । मनोरमा सुनुवार र रवि मल्लको शब्द , कल्याण सिंहको संगीत रहेको सो गीतमा दिक्षीत पौडेलको म्युजिक एरेन्ज रहेको छ । नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टले निर्माण गरेको यस गीतको भिडिओमा बिकास लामिछाने र आभा थापाको साथमा दिपेश उप्रेती र पूजा तामाङको अभिनय रहेको छ ।

गणेश शाहीको निर्देशनमा बनेको यस भिडिओमा बिशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ । ६० को दशकमा अत्याधिक लोकप्रियता हासिल गरेकी गायिका रेश्मा सुनुवारका ‘क्या मिठो गीत’, ‘मै ठूली भईछु रे’, ‘हुरी आयो’, ‘मलाई कस्तो देख्छ’, ‘ओई नक्कले’ र ‘राधा तिमी’ लगायत गीतहरु चर्चामा छन् । उत्कृष्ट सृजना गर्ने श्रष्टा र नयाँ प्रतिभाहरुसंग पनि सहकार्य गर्दै अघि बढेको राइट ट्युन इन्टरटेन्टमेन्टले लोकप्रिय गायक गायिकाको स्वरमा गीतहरुको रेकर्ड तथा भिडिओ निर्माण समेत गर्दै आएको छ ।