वैदेशिक रोजगारीले निम्त्याएको पीडा `फर्क छिट्टै घर प्यारा´


विजयादशमी तथा शुभ-दिपावली २०८० को अवसर पारेर गीतकार प्रकाश सुवेदीको `फर्क छिट्टै घर प्यारा´ बोलको गीत सृजना र सेरोफेरो युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । शिशिर योगीको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र साजन शाहको ध्वनि सम्पादन रहेको यस गीतमा गायिका जुनु रिजालले स्वर दिएकी छिन् ।

‘कहिलेसम्म बसुँ एक्लै मनको रहर मारी फर्क छिट्टै घर प्यारा बिसाई काँधको भारी’ बोलको यस गीतमा परदेशी पतिका श्रीमती र बालबच्चाहरुका विछोडका पिडालाई कलात्मक तरिकाले दर्शाउन खोजिएको छ । कमाउनकै लागि विदेशिनु पर्ने वाध्यता र आफ्ना प्रियजनहरुसँग विछोडिनुपर्ने नेपालीहरुका विवशतालाई गीतकार प्रकाश सुवेदीले गीत मार्फत प्रस्तुत गरेका छन्।