मिशेलको पहिलो म्युजिक भिडिओ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

म्युजिक भिडिओ मोडलिङ्मा लामो यात्राको लक्ष्य लिएर भर्खरै पाइला अगाडि बढाएकी कलाकार मिशेल घिमिरेको पहिलो म्युजिक भिडिओ रिलिज भएको छ l ‘गम’ टाइटल दिईएको यो हिन्दी भाषाको गीत आउसमानले लेखेका हुन् भने नागेन्द्र श्रेष्ठको सङ्गीत, राहुल प्रधानको सङ्गीत संयोजन र अञ्जु पन्तको स्वर रहेको छ l मिशेल र आर. के. परियारको लिड रोल रहेको यो भिडिओ  Nagendra Shrestha नामक युट्युब च्यानलबाट मङ्गलबार डिजिटल बजारमा आएको हो l

‘जिन्दगीकी राहों मे’ बोल रहेको यस गीतको भिडिओ सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा छायाङ्कन भएको कुरा भिडिओकी मोडेल मिशेल घिमिरेले जानकारी गराएकी छिन् l जसमा गौरव गिरीको निर्देशन, सन्तोष तामाङको छायाङ्कन र भद्रजंग कुँवरको सम्पादन रहेको छ l

केहीदिन अघि मात्र निर्देशक गौरव गिरीको नेत्तृतमा ९ सदस्यीय शुटिङ टोली सुदूरपश्चिम गएको र सुदूर क्षेत्रका बझाङ, खप्तड र अछामका विभिन्न रमणीय स्थानमा करिव १० दिनसम्म ३ वटा म्युजिक भिडिओको छायाङ्कन गरिएको थाहा भएको छ l जसमध्ये उदियमान कलाकार मिशेलले एउटा भिडिओमा लिड रोलमा र २ वटामा अन्य कलाकारहरुको साथमा संयुक्त रुपमा अभिनय गरेकी थिईन् l अब केही दिनमा बाँकी २ वटा भिडिओ पनि बजारमा आउने कुरा मिशेलले जानकारी गराएकी छिन् l