विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा नेपाल भाषामा तयार भएको ”जि खोपय् च्वम्हँ हिरो” को म्युजिक भिडियो एक समारोह बीच सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्की र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको कथा अनुसार फिल्ममा झैं बाबु तामाङलाई खलनायकको भूमिकामा देख्न सकिन्छ । निर्देशक राजेश मान शाक्यले जानकारी दिए अनुसार नेपाल भाषामा तयार भएको म्युजिक भिडियोलाई उत्कृष्ट अनि राम्रो भिडियो बनाउनको निमित्त हर सम्भव मेहनत गरेको बताउनुभयो । म्युजिक भिडियो हेर्ने सबैले नयाँ तथा फरक अनुभव गर्न सकोस् भनेर बिहानदेखि बेलुकीसम्म मेहनत गरेर पाँच दिनसम्म सुटिङ गरिएको पनि जानकारी दिनुभयो ।
गायक सुर्य कमल राई र दिलु श्रेष्ठको स्वरमा सजिएको नेवारी गीतमा संगीतकार तथा गायक सुर्यकमल राईको मिठो संगीत रहेको छ । अरु म्युजिक भिडियोभन्दा फरक शैलीमा नायक/नायिकालाई मात्र समावेश नगरी छुट्टै कथा समेटिएर चलचित्रमा झैं एक तर्फ नायक/नायिका दोस्रो तर्फ खलनायकको पनि भूमिका रहेको हुनाले भिडियो हेर्दा गीत/संगीतको साथै फिल्ममा जस्तो कथावस्तु समेटेर नायक नायिकाको मायाप्रीत अनि हिरोसँग खलनायकसँगको फाइट सिन पनि रहेकोे कारण दर्शक र स्रोताहरू सबैले म्युजिक भिडियो हेर्दा फिल्म हेरेको जस्तो अनुभव मिल्नेछ । नेवारी बुझ्ने नबुझ्ने सबैले म्युजिक भिडियो हेरेपछि नेपाल भाषा नै किन नहोस् नेवारी गीतको छुट्टै आनन्द लिन सकिने छ । गीतमा फाइट निर्देशन सुरज श्रेष्ठ (एक्सन फाइट), सहायक फाइट सहनिर्देशनभने बाबु तामाङ/दोर्जे लामा/जीवन कार्कीद्वारा गरिएको छ । छायांकन र सम्पादन सोहन मानन्धर स्टिल रहेको अनि फोटो ग्राफी विक्रम खड्गी रहेको छ । गीतको निमित्त सल्लाह सुझाव राजु श्रेष्ठको भूमिका उच्च स्थानमा रहेको छ ।