आफ्नै कथासँग मिल्दोजुल्दो गीतमा समीक्षा अधिकारी

-तुलसी गिरी ‘भावुक’

बहुआयामिक सर्जक राजकुमार बगरको शब्द/सङ्गीतमा रहेको गीत ‘बधाई तिमीलाई’ को भिडिओ Bikranta Pokhrel नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l प्रेमीले आधा बाटोमै साथ छाडेपछि एक्लिएकी प्रेमिकाको हृदयविदारक पीडा गीतमा पोखिएको छ l आफू वेदनाको सागरमा डुबे पनि, बदनामीको दाग लागेपनि आफ्नो प्रेमीप्रति शुभचिन्तन गरिएको यो गीत गायिका समीक्षा अधिकारीकै जीवनकथासँग मिल्दोजुल्दो रहेको छ l

कमल सौरागको सङ्गीत संयोजन रहेको लोकलयमा आधारित यस गीतको मिक्सिङ/माष्टरिङ सर्जक राजकुमार बगरले गरेका हुन् भने भिडिओ धन खालिङको निर्देशन तथा सम्पादनमा तयार भएको हो l जसमा गायिका समीक्षाले नै अभिनय गरेकी छिन् l भिडिओ जस्केलो क्रिएशनको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l