नटखटे मायालुको पिडामा गायक शिशिर योगी

-तुलसी गिरी ‘भावुक’

फरक विशेषता, शैली र माधुर्यताका कारण सङ्गीत जगतमा ‘मेलोडी सुल्तान’ को उपनामबाट समेत उच्च ख्याति आर्जन गरेका गायक शिशिर योगीले उत्कृष्ट गायनकला प्रस्तुत गरिएको गीत ‘कुरै नसुन्ने’ को भिडिओ सार्वजनिक गरेका छन् l भिडिओ गायक योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट आजै डिजिटल बजारमा आएको हो l वरिष्ठ गीतकार हरिहर तिमिल्सिनाको शब्दरचनामा रहेको यस गीतमा शिशिर योगीकै सङ्गीत रहेको छ भने म्युजिक एरेन्ज र मिक्सिङ श्यामश्वेत रसईलीले गरेका छन् l भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को सिनेम्याटोग्राफी एवं सम्पादनमा तयार भएको हो l

यस गीतमा केही नट्खटे, केही चञ्चले, शङ्कालु र अकारण रिसाईरहने बचपना स्वभावकी मायालुको चित्रण गरिएको छ l गीतमा गुनाशो छ, प्रश्न छ, आग्रह छ अनि प्रियतमाप्रतिको असीमित प्रेम छ l गायक योगीका मानिस खोजिरहेछु, कर्णाली पारि, बोल्ने कोही छैन, आमा, बा, एकमुठी चामल, सारङ्गी त रेटेपनि, झ्वाम पार झ्वाम, आमाले घाँस काट्दै गर्दा लगायतका गीत सर्वाधिक लोकप्रिय रहेका छन् l