राष्ट्रिय भावको गीतमा अनिल र सिर्जना

-तुलसी गिरी ‘भावुक’

युवा अवस्थामै ज्योतिष शास्त्री र वास्तुविद्का रुपमा ठूलो ख्याति आर्जन गरेका गायक अनिल थापाले राष्ट्रिय भावको गीत ‘यो देशमा म जन्मिन पाएँ’ को भिडिओ सार्वजनिक गरेका छन् l अनिल थापा र सिर्जना कार्कीको स्वरमा रहेको यस गीतका रचनाकार तथा सङ्गीतकार अनिल स्वयम् नै हुन् l गीतमा सन्दिप कार्कीले सङ्गीत संयोजन गरेका छन् भने सक्षम श्रेष्ठको मिक्सिङ/माष्टरिङ रहेको छ l

राहुल बराईलीको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा नरेश ऐरको सिनेम्याटोग्राफी र मिन रावलको सम्पादन रहेको छ भने अनिल थापा, सिर्जना कार्की, आशा पौडेल, माया, रचना कार्की, हरि सिलवाल, अपिल खत्री, राहुल गुप्ता, आशा पौडेल, पशुपति चौलागाई, राहुल श्रेष्ठ, सुनिल पाण्डे, माया वम, दिपेश आचार्य लगायतका कलाकारहरुले अभिनय गरेका छन् l भिडिओ २ दिन अघि गायक थापाकै अफिसियल युट्युब च्यानल AnilThapa मा अपलोड भएको छ l

नेपालमा जन्म हुनुलाई नै अहोभाग्य ठानिएको यस गीतमा नेपालको प्राकृतिक सम्पदा र सौन्दर्यको वयान गरिएको छ l टुक्रा टुक्रामा विभाजित राज्यहरुलाई एकीकरण गरि आजको नेपाल निर्माण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पनि प्रशंसा गर्दै गीतमा राष्ट्रिय विभूतिहरुप्रति गर्व गरिएको छ l समग्र रुपमा सिङ्गो मुलुकप्रति, आफ्नो मातृभूमिप्रति प्रेमभाव प्रकट गरिएको यस गीत तथा भिडिओले आम नेपालीहरुमा राष्ट्रिय भाव जागृत गराउन मद्दत गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ l