दोस्रो ‘म्यूजिक खबर तीज म्यूजिक अवार्ड’ भव्यताका साथ सम्पन्न


दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भए । सुमनको टिकटक भाइरल र सलिनाको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक गायिका घोषित भएका हुन् । त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिका भएकी हुन् । त्यस्तै गायिका जुना श्रीष माइतीघरको गीतबाट सर्वोत्कृष्ट मौलिक गीत गायिका बन्न सफल भइन् । त्यस्तै सङ्गीतकार दीपक शर्मा छोरीको जिन्दगी दुईतिर बोलको गीतबाट सर्वोत्कृष्ट सङ्गीतकार घोषित भए ।

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा म्यूजिक खबर तीज म्यूजिक अवार्डकी अध्यक्ष सबिता पोखरेलको सभापतित्व रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको हातबाट गायिका दुर्गा गुरुङ र गायिका मन्जु पौडेललाई सङ्गीत नारीरत्न सम्मान प्रदान गरिएको थियो । त्यस्तै पत्रकार जयन सुब्बा मानन्धरलाई राष्ट्रिय कला पत्रकारिता विशेष सम्मान प्रदान गरिएको थियो भने खेलाडी नन्दा बस्याललाई राष्ट्रिय खेल विशेष सम्मान प्रदान गरिएको थियो । वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठलाई राष्ट्रिय सौन्दर्यकला विशेष सम्मान प्रदान गरिएको थियो । वरिष्ठ गायक कृष्ण कँडेल र निर्देशक बबिता श्रेष्ठलाई राष्ट्रिय कला विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै गायिका सरिता भारती र गायिका सरु गौतमलाई राष्ट्रिय गायन सम्मान प्रदान गरिएको थियो भने समाजसेवी सुरेश चन्द इनानीलाई राष्ट्रिय समाजसेवी सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा गायिका दुर्गा परियार, गायक रोशन सिंह, मोडल अन्जली अधिकारी र मोडल अन्जु निरौला निर्णायक मण्डलमा रहेका थिए । कार्यक्रमलाई पठओ प्रालि, प्रभु बैंक, कामना सेवा विकास बैंक, बिजी मल, चिरायू हस्पिटल लगायतले प्रायोजन गरेका थिए ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य टीका पुन, वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ सङ्गीतकार, गायक, निर्देशक नारायण रायमाझी, व्यवसायी तथा कलाप्रेमी उज्ज्वलजंग ठकुरी, बीजी मलका संचालक बासु गिरी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ गायिका प्राज्ञ सत्यकला राई, वरिष्ठ गायिका सीता थापा, वरिष्ठ गायिका हरिमाया गुरुङ, नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य मगर, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा लगायतको उपस्थिति रहेको थियो ।

अवार्डका विधा र विजेताहरु:

तीज दोहोरी गीत मिक्सिङ
खड्क बाजुराली– कमाउने नि हो रमाउने नि हो

तीज गीत रेकर्डिष्ट
सुमन राना – पोखराको सेती जस्तो

तीज दोहोरी गीत सङ्गीत संयोजक
सुदिप सागर – जमाना अनुसार

तीज गीत नवप्रतिभा
कविता अर्याल – बजै बुहारी

तीज दोहोरी गीत शब्द
सुजन बराइली – लै बरि लै

तीज दोहोरी गीत सङ्गीत
बालकुमार श्रेष्ठ – पोखराको सेती जस्तो

तीज दोहोरी गीत गायक
सुमन परियार – टिकटक भाइरल

जुरी अवार्ड गायक
सन्दिप न्यौपाने – जोवन ढलढल

तीज दोहोरी गीत गायिका
सलिना नेपाली – रुपै झलल

जुरी अवार्ड गायिका
राधिका हमाल – को राम्रो नाच्ने

तीज दोहोरी गीत
मनै त हो हाम्रो पनि – अनिता चलाउने र खेम सेन्चुरी

तिज गीत भिडियो मोडल महिला
जुना गुरुङ – एकलै

तिज गीत भिडियो मोडल पुरुष
रिहान शंकर – आँखै तिरिमिरी

तीज गीत भिडियो संयुक्त मोडल
लक्ष्मी गुरुङ र इशा गुरुङ – माइती बिनाको चेली

तीज गीत भिडियो शृङ्गार
अनिमेश गुरुङ – घन्किसक्यो मादलु

तीज गीत भिडियो छायाकार
करन चैसिर – हान पैतली सुन्तली

तीज गीत भिडियो सम्पादक
मनोज कार्की – हान पैतली सुन्तली

तीज गीत भिडियो कोरियोग्राफर
काजिश श्रेष्ठ – चरी भरर

तीज गीत भिडियो निर्देशक
दिप गुरुङ – तिजै रमाइलो

जुरी अवार्ड निर्देशक
स्मृति तिमिल्सिना – पैतली सुन्तली

संयुक्त गायन मौलिक गीत
भीमकला गुरुङ, टीका गुरुङ र कुसुमकला गुरुङ
– माइतीबिनाको चेली

मौलिक तीज गीत मिक्सिङ
श्यामश्वेत रसाइली – अरेली काँडैले

मौलिक तीज गीत सङ्गीत संयोजन
विपिन आचार्य – स्वामीज्यू

तीज गीत मौलिक शब्द
कस्तुप पन्त – मन्दिरमा गजुर

तीज गीत मौलिक सङ्गीत दीपक शर्मा – छोरीको जिन्दगी दुईतिर

तीज गीत मौलिक गायिका
सुमित्रा कोइराला – घन्किसक्यो मादलु

पब्लिक च्वाइस अवार्ड
रुचि घिमिरे – स्वामीज्यू

मौलिक तीज गीत
माइतीघरको – जुना श्रीष

डायस्पोरा गीत
मै छोरी परदेशी – सुमी घिमिरे सापकोटा

सम्मानित व्यक्तित्वहरु
१. चिरायू म्यूजिक खबर सङ्गीत नारी सम्मान
वरिष्ठ गायिका दुर्गा गुरुङ
२. चिरायू म्यूजिक खबर सङ्गीत नारी सम्मान
लोकप्रिय गायिका मन्जु पौडेल
३. चिरायू म्यूजिक खबर कला पत्रकारिता विशेष सम्मान
वरिष्ठ रङ्ग पत्रकार जयन सुब्बा मानन्धर
४. चिरायू म्यूजिक खबर राष्ट्रिय सौन्दर्यकला विशेष सम्मान
वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठ
५. चिरायू म्यूजिक खबर राष्ट्रिय खेल विशेष सम्मान
खेलाडी तथा कलाकार नन्दा बस्याल
६. चिरायू म्यूजिक खबर राष्ट्रिय कला विशेष सम्मान
म्यूजिक भिडियो निर्देशक बबिता श्रेष्ठ
७. चिरायू म्यूजिक खबर राष्ट्रिय कला विशेष सम्मान
गायक कृष्ण कँडेल
८. चिरायू म्यूजिक खबर फेसन डिजाइनर सम्मान
फेसन डिजाइनर भावना शाही
९. चिरायू म्यूजिक खबर राष्ट्रिय समाजसेवी सम्मान
समाजसेवी सुरेश चन्द इनानी
१०.चिरायू म्यूजिक खबर अग्रज नारी सम्मान
गायिका भगवती त्रिपाठी
११. चिरायू म्यूजिक खबर राष्ट्रिय सौन्दर्यकला सम्मान
हेयर डिजाइनर सन्ध्या गौतम
१२. चिरायू म्यूजिक खबर राष्ट्रिय गायन सम्मान
गायिका सरिता भारती