तीजगीत मार्फत सकारात्मक सन्देश छर्दै गीतकार कौशिला

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायिका मेनुका पौडेल र लक्ष्मी मल्लको स्वरमा रहेको तीजगीत ‘यो तीजमा नन्द भाउजू’ को भिडिओ बजारमा आएको छ l भिडिओ एकदिन अघि Hamro Aafnai TV नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो l गीतकार कौशिला कँडेल कर्माचार्यले रचना गरेको यस गीतमा उज्ज्वल सागरको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ l

भिडिओ मुकेश अधिकारीको कोरियोग्राफी, रुपेश उप्रेतीको निर्देशन र अशोक भुजेलको सिनेम्याटोग्राफीमा छायाङ्कन भएको हो भने प्रसिद्ध भिडिओ सम्पादक वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन गरेका हुन् l जसमा रोजिना सुवेदी र आशा सुब्बालाई आकर्षक नृत्यको साथमा प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ भने अन्य दर्जनौं महिला कलाकारहरुले समेत भिडिओमा साथ दिएका छन् l सकारात्मक सन्देश लिएर आएको यस गीतमा नन्द-भाउजू र सासू-बुहारीबीचको आत्मीयता प्रकट गरेको छ l गीतले हरेक घरका नन्द-भाउजूबीच दिदी-बहिनी जस्तो र सासू-बुहारीबीच आमा-छोरी जस्तो प्यारो सम्बन्ध हुनुपर्छ भन्ने आशय पोखेको छ l