‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०’ का उत्कृष्ट ५ लाई प्रमाणपत्र वितरण गरियो l


स्वर्गीय कल्पना स्मृति फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौंको आयोजनामा ‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । अनामनगर स्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा तीज गीतसँग सम्बन्धित २२ बिधाका १ सय १० जना सर्जक,कलाकार र प्राविधिकहरुलाई उत्कृष्ट पाँच मनोनयनको प्रमाणपत्र वितरण गरिएको हो l तीज गीतको मौलिकता र सांस्कृतिक परम्परामा आधारित गीतका सर्जक/कलाकारहरुलाई प्रोत्साहित गर्नका लागि यो अवार्डको आयोजना गरिएको कुरा आयोजक समितिका अध्यक्ष एवं सर्जक/कलाकार हुम गैरेले बताएका छन् l

पूर्व संसद तथा महिला नेत्री सुजिता शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्य बहादुर मगर, वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपाने, वरिष्ठ लोक गायिका शर्मिला गुरुङ, अधिवक्ता शिव अर्याल, हिपहप गायक निर्णय श्रेष्ठ, लोकप्रिय गायक शिरिष देबकोटा, काँठे गायक दिनेश भण्डारी, नायिका सविना कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक गायिका कमला बि.सी.को स्वागत मन्तब्य एवं गायिका तथा कुशल उद्घोषिका राशि रिजालको सञ्चालनमा सम्पन्न भएको थियो l अवार्डको फाइनल कार्यक्रम आगामी भाद्र २७ गते काठमाण्डौंमा आयोजना हुने कुरा बिशाल मुभिजका उपाध्यक्ष धिरज खत्रीले जानकारी गराए । फाईनल कार्यक्रममा करिब एक दर्जन भन्दा बढी तीज गीतसँग सम्बन्धित महिला सर्जक तथा  गायिकाहरुलाई सम्मान गरिने कुरा आयोजक समिति सदस्य मोडल रमा ठकुरीले जानकारी गराएकी छिन् ।

उत्कृष्ट पाँचका विधा र नामावली:  

१. एकल तीज गीत (गायिका)
क. कुमारी चेपाङ – उरायो बुङगाले
ख. शकुन्तला गैरे – तारा
ग. सङ्गीता चितौरे – उफ्रि उफ्रि नाच्नी हो
घ. कृष्ण सिराडी – नाच्न नपाईनी
ङ. मिना बेल्बासे – माईतीको झल्कोले

२. मौलिक तीज गीत (गायिका)
क. लक्ष्मी परियार – छम्म छम्म कान्छी
ख. सुमित्रा कोईराला – घन्किदे मादलु
ग. तुलसी क्षेत्री – माईतैमा दिल बस्यो
घ. बिमला गैरे – बिरहको तीज (भाग २)
ङ. शर्मिला अर्याल – करिम

३. मौलिक तीज गीत (गायक)
क. कृष्ण रानाभाट – बुहारीको ब्यथा
ख. देव ब.सहानी – सुको छैन गोजीमा
ग. गणेश न्यौपाने – बाँदर मन्त्री
घ. प्रकाश बि.सी. – पैतालु सारेर
ङ. रामु एस.के. – ठडराई मकैको पातलाई

४. तीज गीत (गायिका)
क. सुनिता बुढा क्षेत्री – कमाउनी नि हो रमाउनी नि हो
ख. जमुना राना – बिरह
ख. उमादेवी खनाल – छोटो लुगा
ग. सबिता परियार – गाजले
ङ. लक्ष्मी रेग्मी – जूनकिरी जूनतिर

५. मौलिक तीज गीत भाषाभाषी (गायिका)  
क. रेखा जोशी – मेरो लागि मर्ने केटो
ख. पुनम बस्याल – बगालै चरी
ग. सरस्वती उप्रेती – सुनको चुरा
घ. ममता बस्नेत खत्री – माईती चेली
ङ. रुपा नेपाली

६. मौलिक तीज गीत (नव गायिका)
क. गीता सेन्चुरी – चेलीहरुको बेदना
ख. रितिका कुँवर – मितिनी
ग. सम्झना रणपाल – बैमानीको मायाले
घ. कला रेश्मी महतो – दिलैको राजालाई
ङ. आश्मा बिश्वकर्मा – दौरा सुरुवाल

७. तीज गीत (गायक)
क. माधव सिग्देल – छैन बरै छाता
क. पुरुषोत्तम गैरे – चेलीको ब्यथा (भाग ४)
ख. भरत क्षेत्री – बालेनको शहर
ग. राम परियार – बिरहको तीज (भाग २)
ङ. प्रकाश क्षेत्री – अर्कैकी बुढी मन पर्छ मलाई त

८. तीज गीत (नव गायिका)
क. कल्पना कुसुम – कुर्ता लगाउँछु
ख. गरिमा रामजाली – दुःख बिक्दैन खुसी टिक्दैन
ग .बिष्णु श्रीपाल – न यता न उता
घ. राशी रिजाल दुःखी – करिम
ङ. शान्ति पोखरेल – माईती चेली (भाग २)

९. तीज गीत (नव गायक)
क. विष्णु थापा – माईती चेली (भाग २)
ख. राजु अधिकारी – छाङछाङदी मेलैमा
ग. खम बहादुर बुढा – सरर फरर
घ. सुन्दर परियार – नाई भन्न पाईन्न
ङ. गणेश बाबु बि.क. – पीर नहुनी को छ र

१०. तीज गीत (शब्द)
क. कल्पना रेग्मी – अत्याचार
ख. बाबु कृष्ण परियार – मेरै मायाको साथ
ग. हेमनाथ खराल – हिमचुली हेरि हेरि  
घ. ललित के.सी. – सोलमारी ३ चौबिस घण्टे बुढो
ङ. कुमार कार्की – माईतीको आँगन

११. तीज गीत (नव शब्द सङ्कलक)
क. प्रदिप प्रखर पोखरेल – अर्घेली चेली
ख. हरि के.सी. शिरफूल लाएर
ग. अनमोल वली – दाजुबैनी
घ. प्रकाश बि.सी. – पैतालु सारेर
ङ. बिरेन रिसाल – बारुली कम्मर

१२. तीज गीत (लय सङ्कलक)
क. धर्मराज गिरी – नाच्दिन्छु घुमेर
ख. नारायण बि.पि. परियार – धुलो उडायो
ग. नकुल ढकाल – छोरी
घ. जमुना राना – हेरेको हैन र
ङ. धिरज खत्री – माईती चेली (भाग २)

१३. तीज गीत (नव लय सङ्कलक)
क. गणेश न्यौपाने – बाँदर मन्त्री
ख. अनमोल वली – दाजुबैनी
ग. प्रकाश बि.सी. – पैतालु सारेर
घ. नवराज भट्टराई – हल्का माया
ङ. हरि के.सी. – सिरफूल लाएर

१४. तीज गीत (मोडल पुरुष)
क. धिरज खत्री – माईती चेली (भाग २)
ख. शरद एल.जि. – नाचम नाचम ओई
ग. ध्रुव जी.सी. – छोरी
घ. सुरेन्द्र कुमार दाहाल – यो तीजमा ब्रत
ङ. ईश्वर बल्लभ – भ्रष्टाचारी भेना

१५. तीज गीत (मोडल महिला)
क. जुना गुरुङ – लुम्लेमा पानी
ख. रमा ठकुरी – सारी सरक्कै
ग. रितु तामाङ – जूनकिरी जूनतिर
घ. झरना रिसाल – संगै टिकटक बनाउनी
ङ. करिष्मा परियार – बिरहको तीज (भाग ३)

१६. तीज गीत (नव मोडल पुरुष)
क. अर्जुन रोका मगर – अमेरिकावाली
ख. पिताम्बर पोखरेल – छम्म छम्म पाउजु
ग. गोबिन्द बहादुर थापा – चेलीको ब्यथा भाग ४
घ. विवेक शर्मा – हेरेको हैन र
ङ. अनन्त भण्डारी – दाजु बैनी

१७. तीज गीत (नव मोडल महिला)
क. लिला सिंह मल्ल – राजैको घर
ख. परि क्षेत्री – नारीको बिलौना
ग. मञ्जु घिमिरे – चम्चा पिलेट
घ. बिपना चौलागाई – दाजु बैनी
ङ. करुणा चापागाई – दौरा सुरुवाल

१८. तीज गीत (निर्देशक)
क. मदन खड्का – मेरी मायालाई
ख. प्रवीण थापा – साडी जापानी
ग. लोकेन्द्र शाह – माया जालैमा
घ. प्रदिप कुमार रसाईली – सँगसँगै टिकटक बनाउनी
ङ. अमर म्याक्स् – नाचम नाचम आई

१९. तीज गीत (लाईभ गायक / गायिका )
क. गीता सेन्चुरी
ख. सिर्जना कुँवर  
ग. सबिता परियार
घ. वीरता पुन मगर
ङ. टेकेन्द्र बोहरा

२०. तीज गीत (छायाकार)
क. राजेश घिमिरे – नहेर लुकिलुकि
ख. राम के.सी. – बिरहको तीज (भाग ३)
ग. केशब बिश्वकर्मा – सँगसँगै टिकटक बनाउनी
घ. वीरेन्द्र परियार – आमा बिनाको तीज
ङ. केशब अधिकारी – तीजैको भाकामा

२१. तीज गीत (सङ्गीत संयोजक)
क. बिश्वास नेपाल – सिक्री घाँटीमा
ख. महेन्द्र भण्डारी – गुल्मेलीको नाच
ग. हेमराज डाँगी – लैजाऊ न फिलिलि
घ. कृष्ण लामिछाने – बटौली जानी
ङ. जीवन बडू – अर्कैकी बुढी मन पर्छ मलाई त

२२. बाल प्रतिभा
क. अनमोल सेवा – माईती चेली
ख. राशीका सिंह – हाइ