‘लोजिमा’ छिट्टै प्रदर्शनमा आउने, पोष्ट प्रोडक्सन अन्तिम चरणमा


सागर सुब्बाको निर्देशन रहेको चलचित्र ‘लोजिमा’ पोस्ट प्रोडक्सनको अन्तिम चरणमा पुगेको कुरा थाहा भएको छ l  चलचित्रको हालै तेस्रो पोस्टर सार्वजनिक गरिएको छ ।  सांस्कृतिक, सामाजिक एवं प्रेमकथामा आधारित चलचित्र ‘लोजिमा’ मा कथाले माग गरे अनुसार कलाकारहरुको जीवन्त अभिनय रहेको कुरा निर्देशक सागर सुब्बाले जानकारी गराएका छन् l

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको विशेष प्राविधिक सहयोगी दर्जनौ सुपरहिट चलचित्रका मुख्य सहायक निर्देशक वसन्त अधिकारी हुन् l यसैगरी सम्पादन सञ्जय अधिकारीको र पार्श्व सङ्गीत अशोक लोहरुङ राईको रहेको छ भने डबिङ मानशी किरण र पोष्टर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् l  सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड पाउन सफल ‘कुसुम’ चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक सागर सुब्बाको कथा/निर्देशन रहेको लिम्बु संस्कृतिमा आधारित यो चलचित्रको पटकथा/सम्वाद सागर केरुङ्ले लेखेका हुन्  ।

चलचित्र लोजिमामा बिमला लिम्बूले कथाको माग अनुसार शीर्ष भूमिकामा जीवन्त अभिनय गरेको कुरा निर्देशक सुब्बाले जानकारी गराए l निर्देशक सुब्बाका अनुसार ‘मिस टिन इन्डिया’ हुँदै ‘मिस टिन युनिभर्सल’ टप सेभेन सहारा हाङमा लिम्बूले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन् भने सहारा हाङ्माको जोडीको रुपमा कलाकार रुद्र पाहिमले अभिनय गरेका छन् l यसैगरी गायकको रुपमा आफ्नो परिचय बनाईसकेका, नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनयले चर्चित सिक्किम निवासी आशाहाङ आङबो पनि यस चलचित्रबाट नायकको रुपमा अगाडि आउँदैछन् l  

चलचित्रमा आशाहाङ आङ्बो निर्माता, पम्फावती राई कार्यकारी निर्माता, दीपक अधिकारी मुख्य सहायक निर्देशक, रविन्द्र बराल सिनेम्याटोग्राफर, शृङ्गार आर्टिष्ट नरेश खरेल र  म्युजिक एरेन्जर अशोक लोहरुङ राई रहेका छन् भने मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोले चलचित्रका गीतमा स्वर दिएका छन् । स्क्रिप्ट र निर्माण प्राविधिक टिम समेत राम्रो भएकोले ‘लोजिमा’ उत्कृष्ट बन्ने कुरामा निर्देशक सुब्बा विश्वस्त छन् l  

चलचित्रमा बिमला खजुम, आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहारा हाङमा पन्धाक लिम्बू , सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू, ज्ञानु खम्दाक लगायत लगायतका कलाकारहरुको अभिनय रहेको कुरा थाहा भएको छ । चलचित्रकी नायिका बिमला लिम्बू भन्छिन् – ‘चलचित्र लोजिमा मार्फत धेरै मेहेनत गरेर केही नयाँ क्रिएशनको साथ काम गर्ने प्रयास गरेको छौं l आशा छ, दर्शकहरुले मन पराउनु हुनेछ ।’