प्रेमसमर्पण भावमा अनिता र लेन

-तुलसी गिरी ‘भावुक’

भर्सटायल सङ्गीतकार/गायक शंकर थापा ‘स्माइल’ को स्वरमा रहेको प्रेमसमर्पण भावको गीत ‘सम्झनामा ताजमहल’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ एकदिन अघि Right Tune entertainment नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l गणेश शाहीले रचना गरेको यस गीतमा देवेन्द्र बरालको सङ्गीत र पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको छ भने विप्लव अधिकारीले मिक्सिङ/माष्टरिङ गरेका छन् l

माधव शर्माको निर्देशन एवं सन्तोष राजबाहकको कोरियोग्राफी रहेको यस म्युजिक भिडिओमा लेन र अनिता गिरीको अभिनय रहेको छ l भिडिओ क्याच स्टुडियोको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l भिडिओमा नवराज उप्रेती र दिनेश पराजुलीको सिनेम्याटोग्राफी र दिन्शन शाहको दृश्य तथा रङ्ग सम्पादन रहेको छ l