गीतकार राधा पाण्डेको रचनामा ‘माया दिनु छ’


गीतकार राधा पाण्डे गिरीको रचनामा रहेको गीत ‘माया दिनु छ’ को भिडिओ सार्वजनिक भएको छ । गोविन्द मधुर आचार्यले सङ्गीत गरेको यस युगल गीतमा बिना भट्टराईको साथमा गोविन्द स्वयमले नै स्वर दिएका छन् भने गीतमा सङ्गीत संयोजन पनि गोविन्दकै रहेको छ l गीतको मिक्सिङ कृष्ण बाजुरालीले गरेका हुन् l

सन्देश बिकको निर्देशन तथा कोरियोग्राफीमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा विजय पुन र सिर्जना लामिछानेले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् l देव दोर्जे लामाको सिनेम्याटोग्राफी र प्रकाश धमलाको सम्पादन रहेको यो म्युजिक भिडिओ गायक तथा सङ्गीतकार गोविन्द मधुरकै च्यानलबाट सार्वजनिक गरिएको हो ।