ज्योति एकेडेमीद्वारा कविता प्रतियोगिता सम्पन्न


काठमाडौँको नागार्जुन स्थित ज्योति एकेडेमीले सोमबार आफ्नै विद्यालयका विधार्थीहरुबिच निम्न माध्यमिक र माध्यमिकस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । २ चरणमा सम्पन्न सो प्रतियोगितामा जम्माजम्मी ५१ जना प्रतियोगीले भाग लिएका थिए । कक्षा ६, ७ र ८ तर्फको प्रतियोगितामा क्रमश: अक्षिजा खनाल, आयुश्मा पंगेनी र युगान्दिका खत्रीले प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरि स्वप्निल देवकोटा, स्थापना श्रेष्ठ र कृपा खड्काले सान्त्वना पुरस्कार जितेका थिए ।  ९ र १० कक्षा तर्फको प्रतियोगितामा क्रमश: आमिन थापा मगर , सुयशा खनाल र सिद्धार्थ लामिछानेले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए भने हृदयेश खनाल र साजन श्रेष्ठले  सान्त्वना पुरस्कार जितेका थिए ।

प्रतियोगिताको निर्णायकको रूपमा प्रसिद्ध गीतकार / कविद्वय लोकराज अधिकारी र प्रकाश सुवेदी रहेका थिए । एकेडेमीका प्राचार्य गोविन्द पंगेनीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन निर्मला अधिकारीले र स्वागत मन्तव्य मना पंगेनीले गरेका थिए । प्रतियोगिताका विजयीहरूलाई विद्यालयका प्राचार्य सहित निर्णायकद्वयले प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । आयोजकका तर्फबाट निर्णायकहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा गीतकारद्वय लोकराज अधिकारी र प्रकाश सुवेदीले पनि आफ्ना केही रचना सुनाएर विद्यार्थीहरुलाई मनोरञ्जनका साथै हौसला प्रदान गरेका थिए । आफूले सुनिरहेका चर्चित गीतहरुका सर्जकहरुलाई प्रत्यक्ष देख्न पाउँदा विद्यार्थी र विद्यालय परिवार निकै खुसी देखिन्थे । विद्यार्थीहरुलाई नियमित पठनपाठनको साथसाथै यस्ता खालका रचनात्मक क्रियाकलापमा समेत सहभागी गराउन ज्योति एकेडमी सदा उत्साहित रहेको कुरा कार्यक्रमका सभापति तथा विद्यालयका प्राचार्य गोविन्द पंगेनीले बताएका थिए ।