रामकृष्ण ढकालको आवाजमा ‘दिन ढल्यो’ सार्वजनिक


समिप ईन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘दिन ढल्यो’ को भिडिओ सार्वजनिक भएको छ । हिमाँशु रायमाझी ‘गोधुली’ को शव्दरचनाको यस गीतमा राम सिटौलाले सङ्गीत भरेका छन् भने  सङ्गीत संयोजन विश्व अधिकारीको रहेको छ । दिलिप समनद्वारा निर्देशित यस भिडिओमा प्रज्ज्वल जङ कार्की, अनिमा बिश्वकर्मा र रितेश ढकालको अभिनय देख्न सकिन्छ । भिडिओ मिलन शंकरले खिचेका हुन् भने फराज अर्पणको सम्पादन तथा कलरिङ रहेको छ ।

भिडिओमा युगल जोडीबीच हुने प्रेम र बिछोडको कथा देखाईएको छ । पुरानो बानेश्वर स्थित टिपसी ब्याम्बो कटेजमा आयोजित एक औपचारिक भेलाबीच गीतको भिडिओ सार्वजनिक गरिएको हो । गीतले दर्शक श्रोताको मन जित्ने कुरामा निर्माण पक्ष विश्वस्त छ l गीतलाई समीप ईन्टरटेन्मेन्ट युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।