बम कुमारको ‘मोहनी मायाले’ को भिडिओ सार्वजनिक


केही समय अगाडि ‘जीवनको पाना’ बोलको गीत मार्फत औपचारिक रुपमा सार्वजनिक भएका गीतकार बम कुमार श्रेष्ठको दोस्रो गीत ‘मोहनी मायाले’ सार्वजनिक गरिएको छ । संयोगान्त भावमा लेखिएको यस गीतलाई सन्तोष श्रेष्ठले सङ्गीतबद्ध गरेका छन् भने निशान भट्टराई र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

गीतमा राजु कार्कीको म्युजिक अरेन्ज र प्रकाश मिश्रको मिक्सिङ/मास्टरिङ रहेको छ । आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको यस गीतको भिडिओमा उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ l देवेन्द्र पाण्डेको निर्देशनमा निर्माण भएको यो भिडिओ ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।