‘भुवन चैत्य बसुन्धरा फाउण्डेसन’ले जनही रू. ५१ हजार सहित छ जनालाई पुरस्कृत गर्ने


नेपाली सिनेमा क्षेत्रका तीन नारीरत्न वसुन्धरा भुसाल, भुवन चन्द र चैत्यदेवी सिंहको नाममा स्थापित ‘भुवन चैत्य बसुन्धरा फाउण्डेसन’ ले एक प्रेस विज्ञप्ति प्रकाशित गरि २०७८ र २०७९ सालको ‘भुवन चैत्य बसुन्धरा पुरस्कार’ का लागि छनोट भएका सर्जक, कलाकारहरुको नाम सार्वजनिक गरेको छ l आज प्रकाशित फाउण्डेसनका महासचिव वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भनिएको छ – ‘मिति २०८०।०३।०१ मा भुवन चैत्य बसुन्धारा फाउण्डेसनकी अध्यक्ष भुवन थापा चन्दको अध्यक्षतामा बसेको बैठकले २०७८ र २०७९ सालको भुवन चैत्य बसुन्धरा पुरस्कार विभिन्न श्रष्टा सर्जकलाई अर्पण गर्ने निर्णय गरेको छ ।

०७८ सालको ‘हरिश-भुवन चन्द पुरस्कार’ विशिष्ट चलचित्रकर्मी श्री यादव खरेल र ०७९ सालको ‘हरिश-भुवन चन्द पुरस्कार’ विशिष्ट चलचत्रकर्मी श्री नीर शाहलाई अर्पण गर्ने निर्णय गरिएको छ । यसैगरि विशिष्ट सङ्गीतकर्मी श्री गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता श्री शिव श्रेष्ठलाई २०७९ सालको ‘चैत्यदेवी पुरस्कार’ अर्पण गर्ने निर्णय भएको छ । साथै विशिष्ट चलचित्रकर्मी अभिनेत्री श्री मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री श्री शर्मिला मल्ललाई २०७९ सालको ‘चेतनारायण-बसन्धरा भुसाल पुरस्कार’ अर्पण गर्ने निर्णय भएको छ ।

वि.सं. २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति र रङ्गमन्च, गीत, सङ्गीत, साहित्य, समाजसेवाका साथै नेपाली चलचित्रका विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरुको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत-पत्र अर्पण गर्दै आएको छ । पुरस्कारको राशी जनही रु. ५१,०००/- (एकाउन्न हजार रुपैया) रहेको छ । पुरस्कार साउनको तेस्रो हप्तामा विशेष समारोहको आयोजना गरी अर्पण गरिने छ ।’