कन्हैयाको लोकप्रिय गीत ‘तिम्ले भुल्न सकेपनि’ को फिमेल भर्सन समीक्षाको स्वरमा


तिम्ले भुल्न सकेपनि
मैले भुल्न सकिन भो
भमरा झैँ छानीछानी
फूलमा डुल्न सकिन भो
बैगुनीको मायाले धुरुधुरु रुने बनायो


यो सर्वप्रिय गीत आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियो । आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा रेकर्ड गरि भिडिओ समेत सार्वजनिक गरिएको छ ।

गीतमा सन्जिब बराइलीको म्युजिक अरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ भने भिडिओमा गायिका समीक्षा अधिकारीले आफैँ अभिनय गरेकी छिन् । रामकुमार के.सी.को छायाङ्कन र पदम सुवेदीको सम्पादन रहेको यो भिडिओ सन्तोष राजबहाकको निर्देशनमा छायाङ्कन भएको हो । भिडिओ कामना डिजिटल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।