गीतकार नृपध्वजको जीवन दर्शनमा गायिका रिता के.सी.

प्रसिद्ध गायिका रिता के.सी.को स्वरमा रहेको गीत ‘एउटै छ तन’ को भिडिओ बजारमा आएको छ l गायिका के. सी. ले आफ्नै अफिसियल युट्युब च्यानल Rita K C बाट आजै सो भिडिओ रिलिज गरेकी हुन् l नृपध्वज खड्काको शब्दरचना, राम धिमालको सङ्गीत र मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतमा भोला पौडेलले मिक्सिङ/माष्टरिङ गरेका छन् l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको यस म्युजिक भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ l

मान्छेको तनको महिमा र महत्व वयान गरिएको यस गीतमा तनलाई सर्वोपरि ठानिएको छ l मन-मस्तिष्क अटाउने यही तन, कर्म गर्ने यही तन, जीवनरथ गुडाउने यही तन l आफ्नो तन छ र त संसार छ l एकबारको जुनी आफू जे जस्तो छौं, यसैमा खुशी खोजौं गीतले भनेको छ l आम गीतहरु भन्दा फरक भाव र गहिरो जीवनदर्शन बोकेर आएको यस गीतले हरेक श्रोतालाई आफूलाई बुझ्न सिकाएको छ l