‘बगर’को शब्द/सङ्गीतमा ‘मायाको रोग’, एक अर्काको अथाह प्रेममा आकाश र समीक्षा

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार बगरको शब्द, सङ्गीत, मिक्सिङ र माष्टरिङमा रहेको गीत ‘मायाको रोग’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ बुधबार NAMASTE PLUS नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l अनामनगरस्थित त्रिवेणी डिजिटलमा रेकर्ड भएको यस गीतमा कमल सौरागको सङ्गीत संयोजन रहेको छ भने सीडी बिजय अधिकारी र समीक्षा अधिकारीले स्वर दिएका छन् l अपलोड भएको २४ घण्टा पनि नपुग्दै भिडिओले ६६ हजार बढी भ्युज पाईसकेको छ l

यस म्युजिक भिडिओका निर्माता रमाकान्त न्यौपाने हुन् l निकेश खड्काको निर्देशनमा छायाङ्कन भएको यस भिडिओमा आकाश श्रेष्ठ र गायिका समीक्षाकै अभिनय रहेको छ भने रुपेश खड्काले दृश्य तथा कलर सम्पादन गरेका हुन् l गीत तथा भिडिओमा एक अर्कालाई अथाह प्रेम गर्ने जोडीका प्रेमिल भावनाहरु पोखिएका छन् l