प्रेम-समर्पण भावमा रमेश कडरिया र बेनिशा पौडेल  

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गायक तथा सङ्गीतकार रमेश कडरियाको ‘तिमी भए मात्रै’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । ओमनाथ कडरियाको शब्दरचनामा रहेको यस युगल गीतमा रमेश कडरियाले सङ्गीत सिर्जना गरेका छन् भने रमेश कडरिया र बेनिशा पौडेलको स्वर रहेको छ । गीतको मिक्सिङ/माष्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् l

भुवन स्याङ्बो तामाङको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा रमेश कडरिया र सोनिया अछामीले अभिनय गरेका छन् l रामचन्द्र राईको सिनेम्याटोग्राफी रहेको यस भिडिओको सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका हुन् l  भिडिओ जरसिङ पौवा र चोभारका विभिन्न स्थानमा छायाङ्कन गरिएको कुरा गीतका गायक/सङ्गीतकार तथा मोडल कडरियाले जानकारी गराएका छन् l एक अर्काप्रतिको प्रेम र समर्पण भावमा रहेको यस गीतमा प्रेमी जोडीको दुई मुटु एक हुने व्यग्रता र एक अर्काबाट टाढा भएर बाँच्न नसक्ने भावनाहरु व्यक्त भएका छन् l गीत-सङ्गीतका प्रमुख सबैजसो विधामा समानान्तर रुपमा क्रियाशील सर्जक/कलाकार रमेश कडरिया म्युजिक भिडिओ मोडलिङमा पनि अब्बल रहँदै आएका छन् l भिडिओ Kadariya Entertainment नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l