रचना रिमालको स्वरमा ‘के नै थियो र मसँग’

-प्रकाश बराईली ‘अभिव्यक्ति’

नेपाली साङ्गीतिक बजार पूर्ण रुपमा व्यावसायिक बन्दै गएको छ । नेपाली सङ्गीतको बजार विश्वव्यापी बनेसँगै एकपछि अर्को गीतहरु आउनेक्रम बढिरहेको छ l नयाँ नयाँ गीत तथा भिडिओहरु सार्वजनिक भईरहेका छन् । सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुमागाई (बोध श्री) को रचनामा रहेको नयाँ गीत के नै थियो र मसँग को भिडिओ  सार्वजनिक भएको छ ।

गीतमा नवीन कार्कीको सङ्गीत र चर्चित गायिका रचना रिमालको स्वर रहेको छ l भिडिओमा नवीन कार्कीको निर्देशन केशव बिश्वकर्माको छायाङ्कन र बिकाश धमलाको सम्पादन रहेको छ भने भिडिओ बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।