९ महिनापछि निर्देशक/मोडल शंकर बि.सी. म्युजिक भिडिओमा देखिए  

-प्रकाश बराईली ‘अभिव्यक्ति’

नेपाली साङ्गीतिक बजार विश्वव्यापी रुपमा व्यावसायिक बनेसँगै  एकपछि अर्को गरेर गीतहरु आउने क्रम पनि बढेको छ l कलाकारहरुले नयाँ नयाँ गीतका भिडिओहरु सार्वजनिक गरिरहेका छन् l सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले करिब ९ महिनापछि नृत्य गरेको गीत बेसारे मायाको  भिडिओ सार्वजनिक भएको छ । यस गीतमा मेलिना राई र अशोक सुनारले स्वर दिएका छन् भने चर्चित सर्जक रमेश परियारको शब्द, सङ्गीत रहेको छ ।

भिडिओमा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको निर्देशन रहेको छ भने हरि हुमागाईले छायाङ्कन र नवीन घर्ती मगरले सम्पादन गरेका छन् । भिडिओमा शंकर बिसी र मेलिना तामाङको नृत्य तथा अभिनय हेर्न पाईन्छ ।

यसअघि शंकर बिसी अमेरिकाबाट नेपाल आएपछि उनको निर्देशनमा धेरै भिडिओहरु बजारमा आएका थिए l तर अमेरिकाबाट नेपाल आए पश्चात ९ महिनामा नृत्य अभिनय गरेको यो पहिलो गीत हो । भिडिओ रमेश परियारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।