कसैलाई सिन्दुर लाउने रहर त कसैका लागि सिन्दुर लाउनु नै अभिशाप


पछिल्लो समय आधुनिक गीतहरु बजारमा आउने क्रममा डान्सिङ बिटका धेरै आउने गरेका छन् । तर यतिबेला भने सेन्टिमेन्टल गीत ‘एक चिम्टी सिन्दूर’ म्यूजिक खबर यूट्यूब च्यानलमार्फत् सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘एक चिम्टी सिन्दूर’ मा गीतकार सबिता पोखरेलको शब्द एवं सरोज कोइरालाको सङ्गीत रहेको छ । ‘एक चिम्टी सिन्दूर’को सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका हुन् भने मिक्सिङ विप्लव अधिकारीले गरेका छन् ।

SUBSCRIBE 👉

यस भिडिओमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समीक्षा क्षेत्रीको त्रिकोणात्मक कथा जोडिएको छ । माया प्रेमभित्र समेटिएको रोदनमा ‘एक चिम्टी सिन्दूर’को महत्व र अभावलाई झल्काइएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरु जोडिएका छन् । नारी लम्पट पुरुषको द्वैध चरित्र देखाईएको यस भिडिओमा कसैलाई सिन्दुर लाउने रहर त कसैलाई सिन्दुर लाउनु नै अभिशाप भएको कुरा देखाईएको छ l यथार्थपरक सामाजिक कथावस्तुमा आधारित रहेको यस गीत तथा भिडिओले हाम्रो समाजभित्रको एउटा घिनलाग्दो पाटोलाई उजागर गरेको छ l भिडिओमा नवराज उप्रेतीको छायाङ्कन र नवीन उप्रेतीको सम्पादन रहेको छ । मेकअप आर्टिष्टको रुपमा सविना उप्रेती रहेकी छन् भने कला ग्रेडिङको काम मिलन विश्वकर्माले गरेका छन् ।