प्रेमीहरुको पक्षमा सन्देश छर्दै गीतकार पलाँस


गीतकार शिव पलाँसले ‘साहुकी छोरी’ बोलको नयाँ गीतको भिडिओ सार्वजनिक गरेका छन् । रचना रिमाल र ईश्वर पोखरेल ‘अविरल’को स्वरमा रेकर्ड भएको यो गीतलाई एस. डी. योगीले सङ्गीत तथा रिकेश गुरुङले सङ्गीत संयोजन  गरेका  हुन् । 

SUBSCRIBE 👉

वल्लो गाउँ पल्लो गाउँका युवा युवती बीचको प्रेम कथामा आधारित यस गीतको भिडिओमा प्रकाश घिमिरे,  कमल सिंह,  ललना चिमरिया लगायतका कलाकारले अभिनय गरेका छन् । सकारात्मक सन्देश प्रवाह गरिएको यस भिडिओको निर्देशन भने मौसम हिमालीले गरेका हुन् ।  

शिव पलाँसका माया गर्नुको अर्थ,  बेहोशीमै छोडी गयौ,  गन्दै जाँदा पिरतीमा,  आगो भन्ने जान्दाजान्दै लगायतका गीतहरु लोकप्रिय छन् । हाल अमेरिकामा रहेका पलाँस दुई दशकदेखि साहित्य लेखनमा क्रियाशिल छन् भने उनी सामाजिक सञ्जाल मार्फत नेपालका समसामयिक विषय र घटनाहरुको सम्बन्धमा आफ्नो बिचार, खबरदारी र व्यंग्यात्मक टिप्पणीहरु पोष्ट गरिरहन्छन् । उनको ‘माया गर्नुको अर्थ’  शीर्षकको गीतसङ्ग्रह समेत प्रकाशित छ ।