राष्ट्रिय सङ्गीतकर्मी सङ्घद्वारा कलाकर्मीहरु सम्मानित


राष्ट्रिय सङ्गीतकर्मी सङ्घले लोकप्रिय गायिका जुनु रिजाल, गायिका ज्ञानु राना, गायकहरु घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, ओम सुनार लगायतका कलाकारहरुलाई सम्मान गरेको छ l यही जेठ १३ गते चाबहिलस्थित चलचित्र बिकाश बोर्डको हलमा आयोजित ‘विविध सांस्कृतिक कार्यक्रम तथा स्रष्टा सम्मान २०८०’ को अवसरमा सङ्घले गीत-सङ्गीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका कलाकारहरुलाई सो सम्मान अर्पण गरेको हो l

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा भिडिओ निर्देशक बबिता श्रेष्ठ ‘मलेकु’, पप गायक दिपेश बैध श्रेष्ठ, सेलो गायक निमा पाख्रिन लामा, गीतकार राजेन्द्र पुरी, सेलो गायिका पल्मु शेर्पा, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राजभण्डारी, गायिका शोभा थापा, गायक रमन रायमाझी र गायक तथा सङ्गीतकार प्रकाश पुरी समेत सम्मानित भएका थिए भने मोडल तथा थाली नृत्याङ्गना एलिजिबा पुर्जा पुनलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो । कार्यक्रम म्युजिक भिडिओ निर्देशक निरेन श्रेष्ठको संयोजकत्वमा आयोजना भएको हो l समारोहमा कला जगतका विशिष्ट ब्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो l