वियोगान्त कथामा प्रमोद खरेलको ‘एकै पल’

-तुलसी गिरी ‘भावुक’

पशुपति म्युजिकले वियोगान्त कथामा आधारित म्युजिक भिडिओ सार्वजनिक गरेको छ l ‘एकै पल’ बोलको सो गीत लोकप्रिय गीतकार/सङ्गीतकार श्रीकृष्ण बम मल्लको शब्दरचना तथा सङ्गीतमा रहेको छ l भिडिओ म्युजिक कम्पनीको अफिसियल युट्युब च्यानल Pashupati Music बाट आजै डिजिटल बजारमा आएको हो l कमल सौरागको सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको यस गीतमा लोकप्रिय गायक प्रमोद खरेलले स्वर दिएका छन् l

SUBSCRIBE 👉

भिडिओ निशान घिमिरेको निर्देशन, सिनेम्याटोग्राफी र सम्पादनमा तयार भएको हो l जसमा सुधिर श्रेष्ठ र आभा थापाले अभिनय गरेका छन् l यस म्युजिक भिडिओमा अचानक देखा परेको प्राणघातक रोगका कारण उपचार गर्दा गर्दै पनि पत्नीको मृत्यु भएपछि विक्षिप्त बनेको एक युवकको पीडा देखाईएको छ l शाश्वत प्रेम दर्साउने प्रयास गरिएको यस भिडिओमा प्रेम पछिको बैबाहिक जीवन भताभुङ्ग भएपछि युवक एक्लै बाँच्न नसक्ने अवस्थामा पुगेको कुरा मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ l भिडिओका निर्माता शिवराज पौडेल हुन् l