‘हरे राम हरे कृष्ण’ भजनको भिडिओ सार्वजनिक


सुखमा होस् या दु:खमा भगवानको नाम जप्दा, भजनमा लिन हुँदा हरेक मान्छेहलाई सुख प्राप्ति हुन्छ । दु:खसुख बिर्सेर भजन कीर्तन गर्नु बास्तबमा राम्रो हो l  यसै क्रममा अरु भजनहरूभन्दा केही फरक ढङ्गले तयार गरिएको भजन विश्व कीर्तिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको  ‘हरे राम हरे कृष्ण’ को  भिडिओ भर्खरै आम दर्शन स्रोता र भक्तजनहरू समक्ष सार्वजनिक भएको छ ।

SUBSCRIBE 👉

सङ्गीतकार राम कार्कीको स्वर, सङ्गीत र म्युजिक एरेन्जमा बिल्कुलै नयाँ शैलीबाट तयार भएको यस भजनको भिडिओमा शान्ता कार्की, रानु कार्की, मुना सिलवाल लगायतको अभिनय रहेको छ । भिडिओको दृश्य छायाङ्कन अनिल श्रेष्ठले गरेका छन् भने डाइरेक्टर मुस्कान राई रहेका छन् । यो भजनको भिडिओ दर्शक/स्रोताले मन पराउने छन् भन्ने विश्वास सङ्गीतकार एवं गायक राम कार्कीले व्यक्त गरेका छन् ।