चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारको घोषणा, शान्तिप्रियलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ ले सम्मान गरिने


चलचित्र पत्रकार सङ्घले ‘चलचित्र पत्रकारिता सम्मान’ तथा ‘चलचित्र पत्रकारिता पुरस्कार’ को घोषणा गरेको छ । सङ्घले यो वर्ष (२०८०) को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारको  घोषणा गरेको हो ।

सङ्घका अध्यक्ष समीर बलामीको अध्यक्षतामा आइतबार बसेको बैठकले यो वर्ष (२०८०) को ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०’ श्रीराम सिग्देल र तुलसी गिरी ‘भावुक’ लाई र जनही नगद रू. ५१ हजार सहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ दीपज्योति थापा र कुबेर डंगोललाई दिने निर्णय गरेको छ । त्यस्तै यो वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०’ सृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८०’ रवि अधिकारीलाई दिने निर्णय गरेको छ । प्रोत्साहन पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा रू.२५ हजार नगद समेत रहेको छ ।

त्यस्तै सङ्घले यसै वर्षबाट थपेको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ शान्तिप्रियलाई दिने निर्णय गरेको छ । शान्तिप्रिय संस्थापक महासचिव तथा पूर्व अध्यक्ष समेत हुन् । रजत सम्मानमा सम्मानपत्र सहित रू. ५५ हजार नगद राशि रहेको छ ।