डी. आर. सुजनको सङ्गीत तथा निर्देशनमा मार्मिक गीत ‘धुरु धुरु’

-प्रकाश बराईली ‘अभिव्यक्ति’

डिजिटल प्लेटफर्मको कारण नेपाली साङ्गीतिक बजार विश्वव्यापी रुपमा बिस्तार भएसँगै एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढिरहेको छ भने सर्जक/कलाकारहरु पनि नयाँ उत्साहका साथ गीत तथा भिडिओहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा बहुप्रतिभाशाली सर्जक डि.आर. सुजनको सङ्गीतमा रहेको मार्मिक लोकगीत धुरु धुरु को भिडिओ  सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका देवि घर्ती मगरको स्वर रहेको छ भने शब्द र कथा विमला हुँमागाई (बोधश्री) को रहेको छ ।

डि.आर. सुजनको परिकल्पना र निर्देशनमा निर्माण गरिएको यस म्युजिक भिडिओमा बोधश्री, रश्मी भट्ट, लेखान्त भुसाल, सुष्मा खड्का, बिदान मैनाली, श्रीकृष्ण थापा, रमेश बुढा मगर, विमला तामाङ, भरत गोर्खाली आदिको अभिनय देख्न पाईन्छ । करण चैसिरको छायाङ्कन रहेको यो भिडिओ विवेक सुनारले सम्पादन गरेका हुन् भने मिलन बिश्वकर्माले रङ्ग सम्पादन गरेका छन् । भिडिओ बोध अनलाईन टि.भी. नामक युट्युब च्यानबाट सार्वजनिक गरिएको हो ।