सागर र अनुको अभिनयमा ‘सोल्टी सोल्टिनी’ सार्वजनिक


-प्रकाश बराईली ‘अभिव्यक्ति’

पछिल्लो नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ । एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसँगै  कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायिका माया पार्दे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोकगीत सोल्टी सोल्टिनी को भिडिओ सार्वजनिक भएको छ । यस गीतमा दिनेश क्षेत्रीको शब्द, सङ्गीत रहेको छ ।

SUBSCRIBE 👉

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको म्युजिक एरेन्ज र मिक्सिङ डोलराज बारघरे मगरले गरेका हुन् भने रेकर्डिङ खुमन राना र सुमन रानाले गरेका छन् । राजु खड्काको निर्माण रहेको यस म्युजिक भिडिओमा चर्चित मोडल तथा हास्य कलाकार सागर लम्साल (बले) र पछिल्लो समयकी चर्चित मोडल अनु पराजुलीले अभिनय गरेका छन् । गीतको भिडिओमा पुनम श्रेष्ठको निर्देशन रहेको छ । जसमा करण चैसिरले छायाङ्कन गरेका छन् भने भिडिओ राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडिओ गायिका माया पार्देको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।