जेबी ओलीको यथार्थपरक गीत ‘राजा मार्ने देश’ सार्वजनिक

-प्रकाश बराईली ‘अभिव्यक्ति’

पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा चर्चित गायक एबम् सर्जक जेबी ओलीको यथार्थपरक नयाँ गीत राजा मार्ने देश सार्वजनिक भएको छ । यस गीतमा जबी ओलीको शब्द, संगीत र स्वर रहेको छ ।

गीतमा राज परिवारको हत्या भएको, मदन भण्डारी र जिवराज आश्रीतको हत्या भएको, माओबादी सँगको युद्धमा १७ हजार मारिएको, बाह्र भाईको देश, निर्मला पन्त र भागीरथी भट्टको हत्यारा पत्ता नलागेको, राम्रो मान्छेको प्रशंसा नभएर खुट्टा तान्ने प्रबृती गरेको, केही गर्छु भन्नेलाई सिध्याउने गरेको कुराहरुलाई समाबेश गर्न खोजिएको छ ।

गीतको भिडियोमा जेबी ओलीले नै निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुरबिर पण्डित (दाह्री बा), रश्मी भट्ट, आयुशा गौतम, आशिका गौतम, आरुष भुसाल, भुवन खत्री, होम सिंह बिश्वकर्मा आदीको अभिनय रहेको छ ।

यस गीतलाई जेबी ओली कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।