-तुलसी गिरी ‘भावुक’
ज्योति फिल्मस् म्युजिक अवार्डको चौथौ संस्करण सम्पन्न भएको छ । गत चैत ७ गते शुक्रबार राष्ट्रिय नाचघर जमल काठमाडौंमा आयोजित एक समारोहका बिच कलाकर्मीहरुलाई अवार्ड प्रदान गरियो । महिला नौमती बाजाको धुनसँगै उद्घाटन गरिएको सो कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकको प्रमुख आतिथ्यता रहेको थियो । आयोजक संस्था रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठ भन्छन्- ‘गएका वर्षहरु जस्तै यसवर्षको संस्करणमा पनि अवार्ड रुपमा सम्पन्न भयो l यो क्रममा साथ दिने सम्पूर्ण कलाकार, प्राविधिक र आयोजक समितिका सम्पूर्ण साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य अमन मास्के, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ गायिका देविका बन्दना, अभिनेता रमेश उप्रेती लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । चौथो ज्योति फिल्मस् म्युजिक अवार्डका लागि यश कुमार, निशान घिमिरे, मञ्जिता के.सी., हुम गैरे, जय लक्ष्मी छन्त्याल पुन, ओम सुनार, रामकुमार के.सी. र ज्ञानेन्द्र शाही निर्णायकको भूमिकामा रहेका थिए। समारोहमा वरिष्ठ कलाकार मुरलीधरलाई दीर्घ साधना सम्मान प्रादन गरियो । यस्तै कलाकार धुर्वराज खड्का, गौरी मल्ल, नवराज घोरासैनी, आनन्द कार्की, उत्तम के.सी. र सुनिल मास्केलाई विशेष सम्मान प्रदान गरियो ।
यस्तै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको भन्दै ‘प्रेमगीत ३ ’ टिमको तर्फबाट कलाकार, निर्देशक तथा निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई सम्मान गरियो । कार्यक्रममा अभिनेता खड्का भने अनुपस्थित थिए ।
यस्तै राष्ट्रिय चलचित्र तथा संगीत पत्रकारिता पुरस्कारबाट डब्बु क्षेत्री सम्मानित भए । यस्तै संचारकर्मी सम्मानबाट शरण हुमागाई, कला सम्मानबाट तीर अमन श्रेष्ठ, अनिता लामा, दुर्गेश थापा, अश्विनी कान्त झा, बिजय कायस्थ, बिजेन्द्र नौबागे, धिरज खत्री अधिकारी, हनुमान यस्माली (सुदिप), जुरी ठाकुर, माधब भण्डारी, मञ्जु कुमारी थापा (लावती), नमराज ढुंगाना, राजेन्द्र अर्याल, रामकुमार नेपाली, सुस्मिता स्याङ्तान र राजेश बर्देवा सम्मानित भए । यस्तै सामाजसेवी भोजबहादुर खत्री, शान्त महर्जन, मुरली धिमाल र नोमा थापााई पनि सम्मान गरिएको थियो ।
अवार्ड समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतमा सिन्धु पौडेललाई सम्मान गरियो । यस्तै सर्वोत्कृष्ट बाल गायिकामा उपमा थपलिया, सर्वोत्कृष्ट भिडिओ छायाकारमा अनिल कट्वाल, सर्वोत्कृष्ट लोकदोहोरी भिडिओ निर्देशकमा बबिता श्रेष्ठ, सर्वोत्कृष्ट काँठे भाका नव गायकमा विदुर खड्का, सर्वोत्कृष्ट गीतबाट बिमल अधिकारी, सर्वोत्कृष्ट काँठे गीत संगीत संयोजकमा विष्णु तामाङ्, सर्वोत्कृष्ट लोकदोहोरी शब्दमा जि.एस. थापा, सर्वोत्कृष्ट भिडिओ सम्पादकमा मिन रावल, सर्वोत्कृष्ट तामाङ सेलो गायकमा निमा पाख्रिन लामा, सर्वोत्कृष्ट तमाङ सेलो गायिकामा फुलमाया तामाङ, सर्वोत्कृष्ट पप गीत संगीत संयोजकमा सुरथ प्रधान र सर्वोत्कृष्ट चाडपर्व गीत गायिकामा आशा लामा (ज्ञानमाला) ले अवार्ड हात पारे ।
यस्तै सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुषतर्फ आर्यन राउत, सर्वोत्कृष्ट काँठे गीत मोडल पुरुषतर्फ भुवन चौलागाई, सर्वोत्कृष्ट आधुनिक तथा लोकपप नव गायकतर्फ डा.सुदिप भट्टराई, सर्वोत्कृष्ट चाडपर्व गीत गायकमा हेमराज डाँगी, सर्वोत्कृष्ट लोकदोहोरी लयमा किरण गौतम, सर्वोत्कृष्ट लोकपप गीतकारमा पुष्पा खनाल, सर्वोत्कृष्ट नव मोडल महिलातर्फ रचना गौतम, सर्वोत्कृष्ट आधुनिक गीतकारमा राजेश अर्याल, सर्वोत्कृष्ट आधुनिक गीत मोडलमा अबि सुनार, सर्वोत्कृष्ट मोडल महिलातर्फ बिना राउत, सर्वोत्कृष्ट पप गीत गायकमा दिपेश श्रेष्ठ बैध, सर्वोत्कृष्ट लोकदोहोरी गायकमा जे.बि. ओली, सर्वोत्कृष्ट आधुनिक गायिकामा जुनु रिजाल काफ्ले, सर्वोत्कृष्ट आधुनिक गीत गायकमा नबिन राना, सर्वोत्कृष्ट लोकदोरी गीत मोडल पुरुषतर्फ शंकर श्रेत्री, सर्वोत्कृष्ट नृत्य निर्देशकमा शिव बि.क., सर्वोत्कृष्ट काँठे भाका गायकमा अशिम कुमार कटुवाल, सर्वोत्कृष्ट आधुनिक तथा लोकपप भिडिओ निर्देशकमा दिनेश ठकुल्ला, सर्वोत्कृष्ट लोकदोहोरी नव गायिकामा काजल जोशी, सर्वोत्कृष्ट काँठेगीत नव गायिकामा माया लामा, सर्वोत्कृष्ट आधुनिक गीत संगीतकारमा निर प्रसाद गुरुङलाई अवार्ड प्रदान गरियो ।
यस्तै सर्वोत्कृष्ट लोकदोहोरी नव गायकमा रमन रायमाझी, सर्वोत्कृष्ट काँठे गीत गायिकामा शारदा रसाईली, सर्वोत्कृष्ट लोकदोहोरी गायिकामा शान्तीश्री परियार, सर्वोत्कृष्ट काँठे गीत गायिका (जुरी अवार्ड) मा अर्चना स्याङ्तान, सर्वोत्कृष्ट गायक (र्यापर)मा भरत समरी, सर्वोत्कृष्ट आधुनिक गीत गायक (डायस्पोरा) मा गंगाराम खरेल (पारदर्शी), सर्वोत्कृष्ट भिडिओ छायाँकार (जुरी अवार्ड) मा नरेश ऐर, सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार (जुरी अवार्ड)मा प्रकाश पुरी, सर्वोत्कृष्ट देउडा गीत बाल गायिकामा प्राप्ति भट्ट, वर्षकै सर्वोत्कृष्ट गायकमा प्रताप दास, सर्वोत्कृष्ट मोडल(पपुलर अवार्ड)मा सागर लम्साल बले, सर्वोत्कृष्ट लोकगीत नृत्य निर्देशकमा सम्भु शाही, सर्वोत्कृष्ट बहुप्रतिभा अवार्डमा शंकर बि.सी., वर्षकै सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल पुरुषमा शरद एल.जी., सर्वोत्कृष्ट गीतकार(जुरी अवार्ड)मा शशि शेखर बुढाथोकी, सर्वोत्कृष्ट काँठे भाका मोडल (पब्लिक च्वाईस अवार्ड)मा शिशिर बुढाथोकी र सर्वोत्कृष्ट काँठे गीत नव गायक प्रोत्साहन अवार्ड सुन्दर सुनामलाई प्रदान गरियो ।
