प्रेमको गहिराईमा सयर गर्दै नरहरि र प्रज्ञा  

-तुलसी गिरी ‘भावुक’

केही समय अघि ‘ह्याक गर्यो’ बोलको गीतबाट चर्चामा आएको जोडी प्रसिद्ध सङ्गीतकार/गायक नरहरि प्रेमी र उदियमान गायिका प्रज्ञा अधिकारीले अर्को युगल गीत ‘तिमीलाई हेरेर’ को भिडिओ सार्वजनिक गरेका छन् l पुष्पा पौडेलको शब्दरचना, नरहरि प्रेमीको सङ्गीत, सञ्जय हमालको सङ्गीत संयोजन र गोविन्द सोनीको मिक्सिसङ/माष्टरिङ रहेको यस गीतको भिडिओ आईतबार सर्जक प्रेमीकै अफिसियल युट्युब च्यानल Narahari Premee बाट डिजिटल बजारमा आएको हो l अघिल्लो गीतमा वास्तविक चरित्र, व्यक्तित्व र रुची भन्दा बिल्कुल फरक, र्यापरको भूमिकामा देखिएका नरहरि यस पटक भने भद्र र  मायालु प्रेमीको रुपमा दर्शक माझ आएका छन् l

SUBSCRIBE 👉

‘तिमीलाई हेरेर’ को भिडिओमा राजकुमारको निर्देशन र सम्पादन रहेको छ l जसमा उत्सव दाहालले सिनेम्याटोग्राफी एवं राजकुमार दर्जी (एभरेष्ट राज) ले कोरियोग्राफी गरेका छन् l भिडिओमा गायक नरहरि र गायिका प्रज्ञालाई नै प्रेमी जोडीको रुपमा देख्न सकिन्छ l फाष्ट बिटको गीत ‘ह्याक गर्यो’ को भिडिओमा आकर्षक नृत्य गरेर सबैको प्रशंसा बटुलेकी गायिका तथा रुपवती मोडल प्रज्ञाले प्रेमिल भावको गीत ‘तिमीलाई हेरेर’ मा पनि मनमोहक कला सौन्दर्य पस्किएकी छिन् l प्रमुख कर्म सङ्गीत र गायन भएपनि शौखिन मोडलको रुपमा यदाकदा भिडिओमा देखिँदै आएका नरहरिलाई पनि रोमान्टिक भूमिका विछट्टै सुहाएको छ l फरक फरक शैली र प्रस्तुतिबाट दुबैले आफूलाई बहूआयामिक सावित गरेका छन् l नरहरि प्रज्ञाका सङ्गीत गुरु समेत हुन् l

SUBSCRIBE 👉

एक अर्काप्रतिको असीमित प्रेम र विश्वाश प्रकट गरिएको यस गीत तथा भिडिओमा जीवनभर अविरल त्यस्तै मायाको अपेक्षा गरिएको छ l दुबै एक अर्काका खुशीका कारण भएका छन् l सकारात्मक भावले प्रेरित यस गीतले आफ्नो हृदयमा बसेको मान्छे जीवनमा कति महत्वपूर्ण हुन्छ र त्यो प्रेमले कसरी खुशी र बाँच्ने प्रेरणा दिएको हुन्छ भन्ने शाश्वत भाव प्रकट गरेको छ l