आफ्नै शब्द, सङ्गीत र स्वरमा राजकुमार बगर, गीतमा एकतर्फी प्रेमको व्याकुलता l  

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय सर्जक/कलाकार राजकुमार बगरको शब्दरचना, सङ्गीत र स्वरमा रहेको गीत ‘सान्नानी’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ एकदिन अघि प्रसिद्ध भिडिओ निर्देशक कुमार के.सी. को अफिसियल युट्युब च्यानल Kumar KC बाट डिजिटल बजारमा आएको हो l गायक ‘बगर’ कै मिक्सिङ माष्टरिङमा तयार भएको यस गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ l

SUBSCRIBE 👉

कुमार के. सी. निर्देशनमा छायाङ्कन भएको यस भिडिओमा लोमश शर्मा र अस्मिता रनपालले अभिनय गरेका छन् भने दिनेश पराजुलीको सिनेम्याटोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको छ l भिडिओ मञ्जुश्री फिल्म्सको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो l

विशेषगरी गीतकार र सङ्गीतकारको रुपमा समानान्तर प्रसिद्धि कमाएका सर्जक राजकुमार बगर गायनमा पनि उत्तिकै अब्बल छन् l जुन कुरा ‘सान्नानी’ गीतबाट पनि पुष्टि हुन्छ l तथापि गायन विधालाई भने उनले प्राथमिकतामा नराखेका कारण यदाकदा मात्र गीत रेकर्ड गर्दै आएका छन् l ‘त्रिवेणी डिजिटल’ नामक रेकर्डिङ स्टुडियोका सञ्चालक समेत रहेका राजकुमार बगर एक कुशल साउण्ड इन्जिनियर समेत हुन् l गीतमा एकतर्फी प्रेममा व्याकुल प्रेमीको मनोदशालाई खोतल्ने प्रयास गरिएको छ l जुन कुरा भिडिओमा प्रेमी (डुङ्गा चलाउने माझी) र प्रेमिका (मन्दिरमा पूजा गर्न धाउने युवती) बीच रोमान्टिक कथावस्तुका साथ प्रस्तुत गरिएको छ l