एक अर्काप्रतिको समर्पण भावमा अञ्जु पन्त र रमेश पाठक

-तुलसी गिरी ‘भावुक’

स्वरकी रानी अञ्जु पन्त र लोकप्रिय गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै सुरमा’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ आज साँझ अनामनगरस्थित वेभ स्टुडियोमा गायक पाठककै अफिसियल युट्युब च्यानल Ramesh Pathak Official मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो l लोक राईको शब्दरचना, हरि लम्सालको सङ्गीत, गोपाल रसाईलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ/माष्टरिङ रहेको यो गीत प्रेमी जोडीको एक अर्काप्रतिको प्रेम समर्पण भावमा रहेको छ l

SUBSCRIBE 👉

कुलेखानी र वरपरका रमणीय स्थानमा छायाङ्कन गरिएको यो भिडिओमा गायक रमेश पाठककै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको छ l जसमा साजन नेपाल र एलिना गुरुङले प्रेमी जोडीका रुपमा अभिनय गरेका छन् भने योगेश दाहालको सिनेम्याटोग्राफी र दिन्शन शाहको दृश्य तथा कलर सम्पादन रहेको छ l

भिडिओ सार्वजनिक कार्यक्रममा गीत तथा भिडिओसँग सम्बन्धित सर्जक / कलाकार र केही सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो l