छाडेर गएकी प्रेमिकालाई अन्तिम पल्ट भेट्ने चाहनामा प्रमोद खरेल

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अन्तिम पल्ट’ को भिडिओ सार्वजनिक भएको छ l वियोगान्त भावको यस गीतको भिडिओ २ दिन अघि Santosh KC नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l गीतकार पूजा भट्टले रचना गरेको यस गीतमा सन्तोष के. सी. को सङ्गीत रहेको छ भने सङ्गीत संयोजन कमल सौरागले गरेका छन् l

SUBSCRIBE 👉

‘अन्तिम पल्ट’ को भिडिओ प्रकाश भट्टको निर्देशनमा छायाङ्कन भएको हो l जसमा नवराज उप्रेतीको सिनेम्याटोग्राफी र विष्णु शर्माको सम्पादन रहेको छ l भिडिओमा विक्रम बुढाथोकी, पूजा भट्ट र तुलसा भट्टले अभिनय गरेका छन् l अकारण एक्लै पारेर गएकी प्रेमिकालाई अन्तिम पल्ट भएपनि भेटेर छाडेर जानुको कारण सोध्न मन लागेका कुराहरु गीतमा व्यक्त भएका छन् l