प्रेमिल भावमा श्रीदेव र गीता

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय कलाकारद्वय श्रीदेव भट्टराई र गीता ढुङ्गाना अभिनित प्रेमिल भावको म्युजिक भिडिओ सार्वजनिक भएको छ l प्रताप दास र श्रद्धा दियालीद्वारा स्वरवद्ध गीत ‘यो माया’ को भिडिओमा श्रीदेव र गीताले कसैसँग माया बसेपछिको मनोदशालाई जीवन्त रुपमा पस्किएका छन् l दिनेश सुवेदीको शब्दरचना एवं राई सन्तोषको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको भिडिओ ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत हालै डिजिटल बजारमा आएको हो l गीतमा वयस्क जोडीको एक अर्काप्रतिको प्रेम, आकर्षण, समर्पण भाव र त्यसपछि उत्पन्न वेचैनीहरुलाई यथार्थपरक ढङ्गमा पोखिएको छ l

SUBSCRIBE 👉

‘यो माया’ को म्युजिक भिडिओ केशवराज भट्टको निर्देशनमा छायाङ्कन भएको हो l जसमा प्रकाश खड्काको सिनेम्याटोग्राफी र दिन्शन शाहको सम्पादन रहेको छ l चलचित्र लगायत फरक फरक विधाका म्युजिक भिडिओमा उत्तिकै लोकप्रिय श्रीदेवका अञ्जुरानी मञ्जुरानी, पीडा, तिमी मेरो पूजा, सुगर फ्री आदि म्युजिक भिडिओ सर्वाधिक लोकप्रिय रहेका छन् l