गजलकार दिप गिरीको ‘भ्यालेन्टाइन’ कोसेली ‘आभारी छु’

-तुलसी गिरी ‘भावुक’

प्रणय दिवसको अवसर पारेर साहित्यकार दिप गिरीले  प्रेमिकालाई समर्पण गर्दै गजल ‘आभारी छु’ को भिडिओ सार्वजनिक गरेका छन् । गजलमा वरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत र चाँद सिंहको सङ्गीत संयोजन रहेको छ भने लोकप्रिय गायक आनन्द कार्कीले स्वर दिएका छन् l

मोहन कुमार ‘झिल्लु’ को सिनेम्याटोग्राफीमा छायाङ्कन भएको यो म्युजिक भिडिओ अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् l केहीवर्ष यता बेलायत बस्दै आएका गजलकार गिरीका यस अघि सुन केशरी, फुटेको ऐना, मौका नै दिएनौ, चारै दिशा, मन खाने माया, रातकी रानी लगायतका गीत सार्वजनिक भइसकेका छन् । भिडिओ गायक आनन्द कार्कीकै अफिसियल युट्युब च्यानल Ananda Karki Official बाट एकदिन अघि डिजिटल बजारमा आएको हो l