धन्यबाद ज्ञापन तथा सम्मानपत्र बितरण कार्यक्रम सम्पन्न

-प्रकाश बराईली ‘अभिव्यक्ति’


टिका पुन साङ्गीतिक साँझ सम्पन्न भएको उपलक्ष्यमा ‘धन्यबाद ज्ञापन तथा सम्मान पत्र बितरण कार्यक्रम – २०७९’ सम्पन्न भएको छ । कार्यक्रम दर्पण सङ्गीतालयले आयोजना गरेको थियो ।

कार्यक्रममा दर्पण सङ्गीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता र वरिष्ठ गायक प्रेमराजा महतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, चर्चित गायक रामजी खाण, चर्चित गायक एबं सर्जक किरणबाबु पुन, राष्ट्रिय लोक सञ्चारकर्मीका उपाध्यक्ष चन्द्रमणि गौतम, चर्चित गायिका राधिका हमाल लगायत थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम हरि पुन मगरले सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेका थिए । कार्यक्रममा ‘टिका पुन साङ्गीतिक साँझ’ लाई भब्य रुपमा सफल पार्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्तिहरु र बिभिन्न मिडियाका पत्रकारहरुलाई प्रमुख अतिथिको रुपमा रहेका वरिष्ठ गायक प्रेमराजा महत, वरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी, दर्पण सङ्गीतालयका अध्यक्ष उदिराम खड्का र टिका पुनको हातबाट सम्मान गरिएको थियो ।

‘टिका पुन साङ्गीतिक साँझ’ लाई भब्य रुपमा सफल पार्न सहयोग गर्ने प्रयोजक, दाता र पत्रकारहरुप्रति आभार प्रकट गर्दै टिका पुनले यो सहयोग कहिल्यै नबिर्सिने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । टिकाले कार्यक्रमको मिति घोषणा भएदेखि कार्यक्रमको अन्तिम दिनसम्म न भोक न निन्द्रा गरेर खटिएका सबैप्रति भाबुक हुँदै आभार प्रकट गरेकी छिन् । ‘कतिपय ब्यक्तिले मलाई बाचा गरेर पनि धोका दिनुभयो । कतिपय व्यक्तिले मलाई चित्त पनि दुखाउनुभयो । मलाई सुर्खेत भेरीतिरका ब्यक्तिहरुले सहयोग गर्नु भएन । सुर्खेतले आफ्नी चेलीलाई हेला गर्‍यो । तर पनि दर्शकहरुको मायाले हल भरिएर खचाखच भयो । कतिपय ब्यक्ति त हलमा नअटाएर फर्किन पर्यो’ भन्दै उनले गुनासो समेत गरिन् । ‘मनमा धेरै गुनासोहरु थिए तर यहाँ भनेर सम्भब छैन । जे जस्तो गुनासो भएपनि कार्यक्रम भब्य रुपमा सफल भयो । यसैमा खुसी छु’ भन्दै सबैलाई धन्यबाद दिँदै आगामी दिनमा पनि यस्तै साथ सपोर्टको अपेक्षा राखेको कुरा टिका पुनले बताईन् ।