गीतकार ‘शैली’ तेस्रो एल्बमको तयारीमा, एल्बमको पहिलो गीत सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गीतकार रविन्द्र आशिष शैलीको नयाँ गीत ‘चिउरा भटमास’ को लिरिकल भिडिओ सार्वजनिक भएको छ l भिडिओ एकदिन अघि Best Tone Music नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l ‘चिउरा भटमास’ गीत निकट भविष्यमा रिलिज हुने गीतकार आशिषको एकल रचनाको तेस्रो एल्बममा समावेश हुने कुरा थाहा भएको छ l गीतकार आशिष भन्छन्- ‘तेस्रो एल्बमका लागि धमाधम गीत रेकर्डिङको काम भईरहेको छ l तत्काललाई लिरिकल रुपमै भएपनि श्रोतामाझ ल्याईएको हो l’ गीतकार रविन्द्र आशिष शैलीले यसअघि गीति एल्बम ‘मायाले बोलाउँछ १ र २, गीति पुस्तक ‘शैली’ र गजल सङ्ग्रह ‘माया महल’ प्रकाशन गरिसकेका छन् l

SUBSCRIBE 👉

राम कार्कीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीत ‘चिउरा भटमास’ मा मुश्कान राई र सिर्जना तामाङको स्वर रहेको छ भने सम्पादक दिपेन बस्न्यातले लिरिकल भिडिओ तयार पारेका हुन् l