सुजन बराईलीको पञ्चेबाजा ‘मल्लाज दरबार’ को भिडिओ सार्वजनिक

-प्रकाश बराईली ‘अभिव्यक्ति’

पछिल्लो समय नेपाली साङ्गीतिक बजार अझ बृहत् बन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गीतहरु आउने क्रम बढेसँगै प्रतिस्पर्धा पनि त्यत्तिकै बढ्दै गएको छ । सोही क्रममा गायक तथा सर्जक सुजन बराईलीको मौलिक गीत पञ्चेबाजा  मल्लाज दरबार को भिडिओ सार्वजनिक भएको छ । यस गीतमा सुजन बराईली र देवी घर्तीको स्वर रहेको छ भने कुशल सर्जक प्रल्हाद सुवेदीको शब्द र सुजन बराईलीकै सङ्गीत रहेको छ । भिडिओ सुजन बराईलीको जन्मभूमि मल्लाज, पर्वतका रमणीय स्थलहरुमा छायाङ्कन गरिएको हो ।

भिडिओ चर्चित निर्देशक कुमार केसीले निर्देशन गरेका हुन् । महेश महराले छायाङ्कन गरेको यो भिडिओ अमृत चापागाईले सम्पादन गरेका हुन् । गीतको भिडिओमा शिशिर पौडेल र नारायणी खत्रीले अभिनय गरेका छन् । भिडिओ सुजन बराईलीकै युट्युब च्यानल Sujan Baraili बाट सार्वजनिक गरिएको छ ।