एक अर्काको सौन्दर्यताको प्रशंसा गर्दै हिमाल सागर र मिस पबी

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक हिमाल सागर र अन्नु चौधरीको स्वरमा रहेको प्रेमिल भावको गीत ‘आहा कति राम्री’ को भिडिओ सार्वजनिक भएको छ lPashupati Music नामक युट्युब च्यानलबाट दुईदिन अघि भिडिओ डिजिटल बजारमा आएको हो l हेमन्त शिशिरको शब्दरचना, सङ्गीत र सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ/माष्टरिङ कुमार रानाले गरेका हुन् l

भिडिओमा गायक हिमाल सागर र मिस पबीको नामबाट टिकटकमा चर्चित भएकी कलाकार पवित्रा शकीले मोडलिङ गरेका छन् l युवराज वाइबाको निर्देशन रहेको यस म्युजिक भिडिओका सिनेम्याटोग्राफ़र निशल पौडेल हुन् भने सम्पादन बिकाश दाहालको रहेको छ l गीतमा नायक नायिकाले एक अर्काको सौन्दर्यता र गुणको बारेमा वयान गरेका छन् l भिडिओ गीतकार एवं म्युजिक व्यावसायी शिवराज पौडेलले निर्माण गरेका हुन् l