राष्ट्रिय भावले भरिएको गीत ‘नेपाली भेष’ मा गायिका सरिता


गायिका सरिता प्रजापतीको स्वरमा रहेको गीत ‘नेपाली भेष’ को भिडिओ सार्वजनिक भएको छ । गायिका प्रजापतिले सो भिडिओ आफ्नै आधिकारिक युट्युब च्यानल Sarita Prajapati official मार्फत केहीदिन अघि सार्वजनिक गरेकी हुन् ।

SUBSCRIBE 👉

राष्ट्र भावले भरिएको सो गीतमा सरिता प्रजापतीकै शब्दरचना रहेको छ भने अनिस श्रेष्ठले सङ्गीत दिएका छन् । गायिका प्रजापतीको यसअघि हेर्दा हेर्दै जवानीले, ढाका टोपी, नेक्स्ट टाइम, जाली रूमाल, बरै, बुढाबुढी एक्सप्रेस, बारुले कम्मर लगायतका गीतहरु दर्शक श्रोता माझ आईसकेका छन् । सरिताले नेपाली आधुनिक, पप, लोक, नेपाल भाषा लगायतका विधामा गीत गाउँदै आएकी छिन् ।