‘डार्लिङ नभन’ पछि ‘आखुम आखुम’ लिएर आए संगम


एकपछि अर्को चर्चित र लोकप्रिय गीतमा आवाजसँगै सङ्गीत समेत दिएर चर्चामा आएका ताराप्रकाश लिम्बू श्रोता तथा दर्शकको मन जित्ने सङ्गीत सृजना गर्न खप्पिस छन् l अहिले ताराले श्रोताको चाहना र रोजाई अनुसार गायक संगम लिम्बू र कौशिला लिम्बूको सुमधुर स्वरमा रहेको गीत ‘आखुम आखुम’ मा सङ्गीत दिएका छन् l गीत सुन्दा तारा प्रकाशका उघिल्ला गीतहरु जस्तै यो गीत पनि चर्चित र लोकप्रिय हुने कुरा विश्वास गर्न सकिन्छ l

गायक संगम लिम्बू आफैंमा प्रतिभाशाली गायक हुन् l आफ्नो प्रत्येक गीतहरुमा नयाँ पन र नयाँ क्रियशन सहित गाएर दर्शक तथा श्रोताहरुको मन जित्ने अहिलेका चर्चित कलाकारमध्ये एक हुन् उनी l गायक, रचनाकार, सङ्गीतकार र मोडल कलाकारको भूमिका समेत निभाएर उनले आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन् ।

अब्बल प्रतिभा भएकी निक्कै आशा गरिएकी गायिका कौशिला लिम्बूको समेत जादुमय स्वर रहेको यस युगल पप गीत ‘आखुम आखुम’ को लिरिकल भिडिओ संगम लिम्बू युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो l रमाइलो प्रेम कथामा आधारित गीत ‘आखुम आखुम’ शब्द, सङ्गीत र गायकीको आधारमा सबै उमेरका श्रोता तथा दर्शकहरुले मन पराउने देखिन्छ l  बिशेषगरि लोकपप गायनमा माहिर संगम लिम्बूले यस गीतमा केही फरक दिने प्रयास गरेको पनि छर्लङ्ग हुन्छ l

गायक संगम लिम्बूकै शब्द रहेको यो गीत सुन्दा थाहा पाउन सकिन्छ संगम र कौशिलाको मेहेनत, लगनशीलता र स्वरको दुनियाँमा उनीहरुको उचाई l  केही समय अघि रिलिज भएको संगम लिम्बू र सुनिता थेगिमको आवाज रहेको युगल गीत ‘डार्लिङ नभन’ अहिले चर्चामा रहेर सबैको मन जितिरहेको छ l जुन गीतबाट संगमले ‘क्वालिटी इन्टरटेनमेन्ट म्युजिक अवार्ड’ समेत पाएका छन् l अहिले लिरिकल भिडिओको रुपमा रिलिज भएको ‘आखुम आखुम’ बोलको गीतको म्युजिक भिडिओ केही समय पछि निर्माण सम्पन्न गरेर औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने कुरा गायक संगम लिम्बूले जानकारी गराएका छन् l