राजकुमार बगरको शब्द/सङ्गीतमा ‘मन पराउने हजारौं छन्’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार बगरको शब्द तथा सङ्गीतमा रहेको गीत ‘मन पराउने हजारौं छन्’ को भिडिओ सार्वजनिक भएको छ l Sudhir Shrestha नामक युट्युब च्यानलबाट एकदिन अघि भिडिओ डिजिटल बजारमा आएको हो l कमल सौरागले सङ्गीत संयोजन गरेको यस गीतमा सर्जक ‘बगर’ कै मिक्सिङ/माष्टरिङ रहेको छ l त्रिवेणी डिजिटलमा रेकर्ड भएको यस गीतमा सीडी विजय अधिकारी र अनु चौधरीले स्वर दिएका छन् l

SUBSCRIBE 👉

यस गीतको भिडिओ रामजी लामिछानेको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको हो l बन्दे प्रसादको सम्पादन रहेको यस भिडिओमा सुधिर श्रेष्ठ, रोशनी श्रेष्ठ र श्री श्रेष्ठले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l गीत प्रेम र एक अर्का प्रतिको समर्पण भावमा रहेको छ l